Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सुनसरीको मलदैयामा ४३ घर जलेर नस्ट, आगो ४ घन्टापछि नियन्त्रणमा


0
Shares

स्थानीय मनेरु मियाँको घरबाट सल्केको आगो बस्तीमा फैलिएपछि मुसलमान टोलका ४३ घर जलेर नस्ट भएको सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले जानकारी दिए ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक प्रविण धितालको नेतृत्वमा करिब एक सय प्रहरी परिचालन गरिएको थियो ।

नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय पनि आगो नियन्त्रणमा लिन जुटेका थिए ।

समयमा दमकल आउन नसक्दा आगो नियन्त्रणमा समस्या भएको थियो । इनरुवा, विराटनगर र राजविराजबाट दमकल ल्याएर आगो नियन्त्रणमा लिइएको छ ।

दिउँसो १ बजे सल्केको आगो साँझ ५ बजेमात्र नियन्त्रणमा आएको थियो । आगोलागीबाट करिब ३ करोड रुपैयाँको धनमाल जलेर नस्ट भएको अनुमान गरिएको छ ।

खाना पकाउँदा बालेको आगो हावाले गाउँभरि फैलिएको बताइएको छ ।