गत बैशाखमा गएको भूकम्पले जीर्ण बनाएको पुरानो भ्यूटावर हटाएर सो स्थानमा नयाँ भ्यू टावरसहित भेडाको प्रतिमा स्थापना गर्न लागिएको हो । भेडेटारको पहिचानका रुपमा भेडाको तीन मिटर अग्लो प्रतिमूर्तिसहित दृष्यावलोकन गर्न मिल्ने १४ फिट अग्लो नयाँ भ्यू टावर निर्माण गरिने निर्माण समितिले जनाएको छ । पुरानो तीन तले भ्यू टावर पटक पटकको भूकम्पले जीर्ण बनाएपछि…