जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार हल्दिबारी–३ निवासी ५० वर्षीया लीला बानियाँको चट्याङले लागेर मृत्यु भएको हो । उनलाई शनिबार साँझ चट्याङ लागेपछि उपचारका लागि मेची अञ्चल अस्पताल, भद्रपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । चट्याङकै कारण सोही ठाउँ निवासी राधिका बानियाँका ११ वर्षीय छोरा…