बस दुर्घटनामा दुईको मृत्यु, २७ घाइते « Image Khabar


बस दुर्घटनामा दुईको मृत्यु, २७ घाइते


Imagekhabar
६ जेष्ठ २०७४, शनिबार १२:३०

दुर्घटनामा परी २७ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय सिमराका अनुसार काठमाडौँबाट जनकपुरतर्फ गईरहेको ना ७ ख १६१४ नं को रात्रिबस अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

दुर्घटनामा परी महोत्तरी रौतली–६ का ४५ वर्षीय बल्ला यादव र धनुषा तारयती सीसीवाका ३२ वर्षीया किरणदेवी साह रहेको प्रहरीेले जनाएको छ ।

अन्य घाइतेको सिमरास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार रहेका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्