
मृत्यु हुनेमा सप्तरीको इलाका प्रहरी कार्यालय मोहुलीमा कार्यरत् सप्तरीकै कृष्ण सबरण गाउँपालिका–३ का २६ वर्षीय मीननारायण चौधरी रहेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको चौधरी सवार ना३३प ४१२२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भइ मोहुलीपुलमा ठोक्किएको थियो ।
त्यस्तै, मोटरसाइकल पछाडी सवार प्रहरीचौकी पकरीमा कार्यरत् सप्तरी, कृष्ण सबरण गाउँपालिका–१ बस्ने २३ वर्षीय म्यादी प्रहरी रगुनन्दन चौधरीसमेत गम्भीर घाइते भएका छन् ।
घाइते उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कर्यालय मोहुलीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्