कालिखोलामा दिउँसो ३ बजे खसेको पहिरो हटाइएसँगै राजमार्ग सुचारु भएको हो । यसअघि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दिपक थापाले ठूलो पहिरो खसेकाले बाटो खुल्न १८ देखि २० घण्टा लाग्ने बताएका थिए । राजमार्ग खुलेसँगै दिउँसोदेखि रोकिएका सयौं सवारी साधन गन्तव्यतर्फ लागेका छन् । हिजो राति पनि सोही क्षेत्रलगायत अन्य चार ठाउँमा पहिरो खस्दा…