Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


एकै घरका दाजुभाई एकै पदका उम्मेदवार, आमालाई हर्ष भन्दा पीडा बढी


0
Shares

रविन भट्टराई/ईमेज

फुङलिङ नगरपालिका–३ मा कांग्रेसबाट युवराज बराल र एमालेबाट रामप्रसाद बराल अध्यक्षको उम्मेदवार बनेका हुन् । रामप्रसाद माइला र युवराज कान्छा हुन् ।

एकै घरका छोरा फरक पार्टीबाट एउटै पदमा उम्मेदवार बनेपछि कसलाई भोट दिने आफुहरु अन्योलमा परेको आफन्त खेम बरालले बताए ।

नाताले दाजुभाइ परे पनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको दुबै दाजुभाईको तर्क रहेको छ ।

यता आफ्ना दुबै छोरा वडाध्यक्षका लागि फरक फरक पार्टीबाट उम्मेदवार बनेकाले आफन्तलाई भन्दा बढी समस्या आमा मायादेवीलाई परेको छ ।

उठे पनि एउटै पदमा नउठ भन्दा मानेनन् भोट कसलाई हाल्ने आफन्तले त बरु छान्लान म कसलाई छानुँ र भोट हालुँ बृद्ध आमा मायादेवीले भनिन् ।

अरु उम्मेदवारका आमा छोरा उम्मेदवार बन्यो भनेर खुशी छन्, आफ्नै दुइ छोरा अध्यक्षकै उम्मेदवार हुँदा पनि पीडा बढि हुँदो रहेछ उनले गुनासो गरिन ।

छोराहरुले जसलाई म पर्छ दोधारमा नपरी माईलालाई भए पनि कान्छालाई भए पनि भोट हाल्नु भन्छन् म त कसैलाई नहाली बसौंकी भन्ने सोचमा पो छु हामिसँगको कुराकानीमा मायांदेवीले भनिन् ।

अहिले दुबै छोरा चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।