कालिखोलामा दिउँसो ३ बजे खसेको पहिरो हटाइएसँगै राजमार्ग सुचारु भएको हो ।
यसअघि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दिपक थापाले ठूलो पहिरो खसेकाले बाटो खुल्न १८ देखि २० घण्टा लाग्ने बताएका थिए ।
राजमार्ग खुलेसँगै दिउँसोदेखि रोकिएका सयौं सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
हिजो राति पनि सोही क्षेत्रलगायत अन्य चार ठाउँमा पहिरो खस्दा बिहानमात्र बाटो खुलेको थियो । दिउँसो पुनः पहिरो गएपछि अवरुद्ध राजमार्ग पहिरो पन्छाएपछि साँझबाट खुलेको हो ।










प्रतिक्रिया दिनुहोस्