मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनले शिलबन्दी गरेर च्यातिएको मतपत्र काठमाडौं पठाएको हो । बुद्ध एयरको फ्लाईट नम्बर ३६० बाट बिहान सबा ८ बजे च्यातिएको मतपत्र काठमाडौं ल्याइएको हो । च्यातिएको मतपत्रसँगै प्रमुख निर्वाचन अधिकृत कविराज न्यौपाने, सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरे र प्रहरी सहायक निरीक्षक गोविन्द श्रेष्ठ काठमाडौं आएका छन् ।…