Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


धरानमा पाँचवटा सुतली बम निष्कृय तुल्याइयो


0
Shares

इटहरीबाट प्रमुख सेनानी सुलभ खड्काको नेतृत्वमा नेपाली सेनाको टोलीले ती बम डिस्पोज गराएको हो ।

बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन बिथोल्ने उद्देश्यले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम राखेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । राजमार्गमा बम राखिएपछि इटहरी, विराटनगर, झापालगायतका स्थानबाट पूर्वी पहाडी जिल्ला संखुवासभा, धनकुटा, तेह्रथुम जाने सवारी साधन धरानको तीनकुनेमा अलपत्र परेका थिए ।

करिव ७ घण्टा राजमार्ग बन्द गराएपछि मंगलबार बिहानबाट यातायात सुचारु गरिएको हो ।