Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


नेपालगन्ज–रुपैडिहा सीमानाका ‘सिल’


0
Shares

बिहान ७ बजेदेखि असार १४ गते साँझ मतदान सम्पन्न नहुँदासम्मका लागि यस क्षेत्रका सीमानाकामा सबै किसिमको आवात–जावत बन्द हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले १२ गते सोमबार बिहान ७ बजेदेखि १४ गते बुधबार मतदान नसकिँदासम्मका लागि नेपाल–भारत सीमा क्षेत्रमा आवत–जावतका लागि पूर्ण बन्देज हुने गरी सीमा क्षेत्र सिल गरिएको जानकारी दिए ।