Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


धनुषामा विद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि गोली प्रहार, अवस्था गम्भीर

विद्यालय जाँदै गरेका ५० वर्षीय प्रधानाध्यापक नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । जनकपुर उपमहानगरपालिका–७ का शर्मा माथि बिहान साढे ६ बजे घरबाट विद्यालय जाँदै गरेका बेला लक्ष्मीनियाँ चोकबाट पश्चिमतर्फको बाटोमा गोली प्रहार भएको हो । मोटरसाइकलमा आएका हतियारधारी दुई जनाले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ । शर्माको गालामा गोली लागेको छ ।…