Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


धनुषामा विद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि गोली प्रहार, अवस्था गम्भीर


0
Shares

विद्यालय जाँदै गरेका ५० वर्षीय प्रधानाध्यापक नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो ।

जनकपुर उपमहानगरपालिका–७ का शर्मा माथि बिहान साढे ६ बजे घरबाट विद्यालय जाँदै गरेका बेला लक्ष्मीनियाँ चोकबाट पश्चिमतर्फको बाटोमा गोली प्रहार भएको हो ।

मोटरसाइकलमा आएका हतियारधारी दुई जनाले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ । शर्माको गालामा गोली लागेको छ ।

उनको अवस्था गम्भीर रहेको र उपचारका लागि जनकपुर अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । गोली प्रहार गर्नेहरुको खोजी भइरहेको बताइएको छ ।