विभागले आजदेखि लागू हुने गरी चक्रपथमा ट्रक, टिपर, मिनी ट्रकलगायतका मालवाहक गाडी चलाउन समयसीमा तोकेको हो । नयाँ नियमअनुसार बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साँझ साढे ६ बजेसम्म ट्रक, टिपर, मिनी टाटालगायतका मालवाहक गाडी चक्रपथमा गुडाउन पाइने छैन । विभागले ट्रक तथा टिपर व्यवसायी महासंघ, राष्ट्रिय यातायात व्यवसायी…