सिंहदरवारस्थित समितिको कार्यालयमा पहिलो पटक गरिएको छलफलमा आयोगका अध्यक्ष अनुपराज शर्माले समितिका सभापति सुशीलकुमार श्रेष्ठलाई ०७२/०७३ को आयोगको वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि बुझाएपछि छलफल भएको थियो । छलफलमा सदस्यहरुले आयोगको सिफारिस बमोजिम मानव अधिकार हनन गर्नेलाई कारवाही नगरेको बताए । आयोगका अध्यक्ष शर्माले मानवअधिकार राष्ट्रिय कार्ययोजना सरकारले कार्यान्वयन गर्ने हो भने मानव अधिकारको क्षेत्रमा आमूल…