Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


‘क्लिन फिड’सम्बन्धी नीति कार्यान्वयन हुनुपर्छ : मिडिया सोसाइटी


0
Shares

मिडिया सोसाइटीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारले गत वर्ष नै निर्णय गरिसकेको क्लिन फिडसम्बन्धी नीति लागू गर्ने विषयमा कुनै बहानबाजी गर्नुपर्ने कारण नभएको जनाएको हो ।

तर, वितरक संस्थाहरुले सरकारसँगको माग वा विरोधको नाममा नेपाली टेलिभिजन च्यानलहरुलाई लक्षित गर्ने गरी गरेको प्रचारबाजीप्रति भने दुःख व्यक्त गर्दै मिडिया सोसाइटीले त्यस प्रकारका क्रियाकलाप तत्काल सच्चाउन सरोकारवाला पक्षलाई आग्रहसमेत गरेको छ ।

प्रसारक र वितरकहरु अभिन्नरुपमा जोडिएको र दुबैका समस्या साझा समस्या हुने भन्दै सोसाइटीले ऐन, नियम वा सरकारी विभेदकारी रबैयाविरुद्ध सदाझैं सहकार्य हुने पनि स्पस्ट पारेको छ ।

मिडिया सोसाइटीले दुई भीमकाय छिमेकीहरुबीच रहेको नेपालजस्तो भूपरिवेष्ठित देशको सार्वभौमसत्ता र सांस्कृतिक पहिचान जोगाउन पनि क्लिन फिड नीति लागू हुनुपर्ने निष्कर्ष निकालेको छ ।

गत वर्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विदेशी च्यानलहरुमा क्लिन फिड नीति लागू गर्ने निर्णय गरेको थियो ।