Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


संरक्षणको अभावमा तातोपानीका मुहान अलपत्र अवस्थामा


0
Shares

प्राकृतिक चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा मात्रै म्याग्दी नदीको किनारमा ५ वटा तातोपानीका मुहान छन् । त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको भूरुङ तातोपानी, धौलागिरी गाउँपालिकाको मुदी बगर, मालिका गाउँपालिकाको भालेवास्ने ताल, हिस्तान र दानाको कालीगण्डकी किनारामा गरी ९ वटा तातोपानीका मुहान संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा परेका हुन् ।

जिल्लाका विभिन्न ठाउँमा गरी १४ वटा तातोपानीका मुहान पत्ता लागे पनि ती मुहानको संरक्षणमा कसैले पनि चासो नदेखाएको स्थानीयको भनाइ छ । मुलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका मुहानको संरक्षण गरी प्रचारप्रसार गर्न सके विदेशी पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् ।

तातोपानीका कुण्डमा नुहाए विभिन्न रोगका बिरामीहरुले लाभ लिन सक्ने सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताए ।