निर्माण भइसकेका र बन्दै गरेका सबै सडक वर्षाले बगाएर र बाढीले खोलेर ठूल्ठूला खाडल बनाएपछि तेह्रथुममा ट्याक्टरसमेत सञ्चालनमा आउन सकेका छैनन् । जिल्लाको मुख्य बसन्तपुर–म्याङ्लुङ सडकखण्ड पनि हिलाम्मे भएपछि साना सवारी सञ्चालनमा समस्या भएको छ ।
धनकुटा हुँदै पूर्वी तराई र राजधानीसँग जोड्ने यो सडकमा बस, ट्रक लगायत ठूला सवारी पनि हिलोमा फसेर घण्टौँ जाम हुने गरेको छ । सडक डिभिजन कार्यालय धनकुटाले सडक टालटुल गर्ने काम गरे पनि पानी पर्नासाथ अवरुद्ध हुने गरेको छ ।
हिलाम्मे र क्षतिग्रस्त सडकमा यात्रा गर्दा चालक र यात्रुलाई निकै सास्ती पर्ने गरेको छ ।
सदरमुकाम म्याङ्लुङदेखि विभिन्न गाउँ भएर संक्रान्तिबजारसम्म पुग्ने साना सवारी साधन सञ्चालनमा नआएको महिनौं भएको छ । त्यसैगरी खोरुंगा र कोया खोलामा पुल नहुँदा थप समस्या छ । वर्षाका कारण आठराईबासी नागरिकलाई सदरमुकाम आउन-जान कठिन छ । जिरीखिम्तीदेखि मोराहाङ, श्रीजुङ जोडिने सडक पनि क्षतिग्रस्त छ ।
सडकको दुर्दशासहित विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्