Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, रुखले थिचेर शरणार्थीको मृत्यु


0
Shares

इलाका प्रहरी कार्यालयकाअनुसार मृत्यु हुनेमा मोरङ, राजघाटका ५५ वर्षीय नरबहादुर श्रेष्ठ छन् ।

पूर्वपश्चिम राजमार्गको चियादोकान सडकखन्डमा विराटनगरबाट झापाको काँकभिट्टातर्फ आइरहेकोे को१ख ४४६८ नम्बरको बसले सोही दिशातर्फ आइरहेको को२१प ४६२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते श्रेष्ठको उपचारकाक्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

रुखले थिचेर शरणार्थीको मृत्यु
रुखले किचेर झापाको दमकमा एक वृद्ध भुटानी शरणार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक–३ स्थित बेलडाँगी शिविर सेक्टर इ–१ छाप्रो नम्बर–४९ का ७३ वर्षीय जयबहादुर राई रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

राईको मंगलबार आफ्नै घरमा बसिरहेको अवस्थामा घरनजिकै रहेको सालको रुख ढलेर थिच्दा घटनास्थलमै मृत्यु भएको थियो ।

राईको शव परीक्षणका लागि मोरङको उर्लाबारीस्थित मंगलबारे अस्पताल लगिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । रासस