Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


आजबाट ‘पिक आवर’ मा चक्रपथभित्र ठूला मालवाहक गाडी सञ्चालनमा रोक


0
Shares

विभागले आजदेखि लागू हुने गरी चक्रपथमा ट्रक, टिपर, मिनी ट्रकलगायतका मालवाहक गाडी चलाउन समयसीमा तोकेको हो ।

नयाँ नियमअनुसार बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साँझ साढे ६ बजेसम्म ट्रक, टिपर, मिनी टाटालगायतका मालवाहक गाडी चक्रपथमा गुडाउन पाइने छैन ।

विभागले ट्रक तथा टिपर व्यवसायी महासंघ, राष्ट्रिय यातायात व्यवसायी महासंघलगायतका सरोकारवालासँग छलफल गरी यो निर्णय लागू गरेको जनाएको छ ।

उपत्यकामा अहिले भइरहेको अत्याधिक जामलाई न्यूनीकरण गर्न पिक आवरमा चक्रपथमा मालवाहक सवारी बन्देजको निर्णय गरेको विभागले जनाएको छ । यसअघि चक्रपथभित्र ट्रक, टिपर र मिनी ट्रक बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म गुडाउन रोक लगाइएको थियो । यो नियम पनि यथावत् छ ।

विभागको निर्देशनविपरित अटेर गरी गाडी गुडाएमा ५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।