सोमबार सडक अवलोकनका लागि सरोकारवाला विभागीय प्रमुखहरुसमेत लिएर गएका मन्त्री साहसँग स्थानीय वासिन्दाले आक्रोश पोखेका हुन् । यसैपनि लामो समयदेखिको धूलो, हिलो र भताभुंग अवस्थाबाट दिक्क भएका वासिन्दाले गैरकानुनीरुपमा आफूहरुको घर भत्काएको भन्दै आक्रोश पोखेका हुन् । यो सडक विस्तारको काम सुरु भएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, अदालतहरुको ‘स्टे अर्डर’देखि स्थानीयको अवरोधलगायतका…