जिल्ला वन कार्यालय चितवनका प्रमुख केदार पौडेलका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौलीमा १२ वटा जनावर सवारीसाधनको ठक्करबाट मरेका हुन् । मरेका जनावरमा मृग र बँदेल रहेका छन् । वरण्डाभार वन क्षेत्रको बीचमा राजमार्ग पर्छ । तीव्र सवारीका कारण आवतजावत गर्ने वन्यजन्तु प्रभावित हुँदै आएका छन् । हाल सो क्षेत्रमा संयुक्त अप्रेशन क्याम्प खडा गरी गस्ती गरिँदै…