Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


राहदानी विभागको सेवा अन्तर्राष्ट्रिय गुण्स्तर नीति ‘आइएसओ’द्वारा प्रमाणित


0
Shares

राहदानी तयारी, प्रमाणीकरण, वितरण तथा अनुमति पत्र जारी गर्दा विभागले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप सेवा प्रवाह गरेको भन्दै अन्तर्राष्ट्रिय गुणस्तर संगठनले आइतबार (आज) उक्त प्रमाणपत्र प्रदान गरेको हो ।

आज राधानीमा प्रमाणपत्र अनावरण गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महराले प्रमाणपत्र पाएकोमा सरोकारवाला सवै निकायलाई धन्यवाद दिए ।

‘आईएसओ ९००१/२०१५’ नम्बरको प्रमाणपत्र पाएपछि राहदानी विभाग अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो सरकारी निकाय बनेको छ ।