Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सिन्धुपाल्चोकको लार्चा पुल भत्कियो, तातोपानी जोड्ने राजमार्ग पूर्णरुपमा विच्छेद


0
Shares

पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ र त्यसतलको लार्चाको पुल पनि पुरै भास्सिएको हो ।

चीन सरकारले २०३८ सालमा बनाएको पुल भाँचिएपछि तातोपानी नाका जोड्ने राजमार्ग पूर्णरूपमा विच्छेद भएको छ ।

गएराति गएको पहिरोले भोटेकोसी नदीसमेत केही समय थुनिएको स्थानीयबासिले बताएका छन् ।

२०५३ साल साउन ७ गते पनि सोही ठाउँको भैरवकुण्ड खोलामा बाढीसँगै पहिरो खस्दा लार्चा पुल बगाएको थियो ।

त्यस बेला गएको पहिरोमा पुरिएर ५४ जनाको मृत्यु भएको थियो ।

आइतबार रातिको पहिरोले पुल भोटेकोसीमा खसेपछि सीमा जोड्ने करिब ५ किलोमिटर क्षेत्रमा यातायात पूरै रोकिएको छ ।

भूकम्पले चर्केपछि चीन सरकारले पुलको तल्लो भागमा फलामको संरचना बनाएर अड्याएको थियो ।

भूकम्प र भोटेकोसीको बाढीले दुई वर्षदेखि सुनसान हुँदै गएको तातोपानी नाका पुल भत्किएपछि थप संकटमा परेको छ ।