Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


मन्दिरमा जल चढाउन आएका दुई भारतीय दर्शनार्थीको मृत्यु


0
Shares

भारतको सिमावर्ती बजार रक्सोलबाट आएको ट्रयाक्टर पल्टिँदा महेन्द्र पासवान र पूजा कुमारीको मृत्यु भएको हो ।

रक्सोल ग्राम पञ्चायत पनटोकाका गाउँबाट आएका दर्शनार्थी सवार ना ५ त ३६३० नम्बरको ट्रयाक्टर गएराति पर्साको सखुवाप्रसौनी गाउँपालिकामा सडकबाट तल खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टरमा २५ जना सवार रहेका अन्य ८ जना घाइते भएका छन् । उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।