Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


बक्राहा खोला तटबन्ध निर्माणमा ठेकेदारको ‘चरम लापरबाही’


0
Shares

जल उत्पन्न कार्यालयले काम सम्पन्न गर्न दर्जनभन्दा बढी लिखित निर्देशन दिएपनि ठेकेदारले अटेर गरेको निमित्त प्रमुख अशोक कर्णले जानकारी दिए ।

ठेकदार कम्पनीले समयमै काम नगर्दा कुनैपनि बेला बाढी गाउँ पस्ने जोखिम रहेको उनले जानकारी बताए ।

हिमालयन/निकिता जेवीले गएको असारमा बक्राहा खोलाले बाँध भत्काएको मोरङको पथरी शनिश्चरे–५ स्थित जयनगरको तटबन्धको निर्माणको ठेक्का लिएको थियो । उसले १ करोड १४ लाख रुपैयाँमा १७० मिटर लामो बाँध बनाउने र २१४ मिटर लामो क्षेत्रमा जाली–ढुंगा भर्ने गरी ठेक्का पाएको थियो ।

जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय विराटनगरकाअनुसार आकस्मिक तटबन्ध गर्ने गरी टेन्डर आह्वान गरिएको सो तटबन्ध निर्माणका लागि गत वैशाख ५ गते ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो ।

असार २० मै काम सकाइसक्नुपर्नेमा अहिलेसम्म ३४ प्रतिशतमात्र काम सकिएको छ ।