नारायणी नदीमा पानीको सतह क्रमशः बढ्दै गएपछि गण्डकका केही बाँध फुट्ने सम्भावना बढेकाले दुईवटा ढोका पूर्णरुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए । गण्डक बाँधका कारण बिहानदेखि पर्सा जिल्लामा बाढी पसेपछि त्यहाँको प्रशासनको अनुरोधमा मुख्य पश्चिमी नहर बन्द गरिएको उनले बताए । नवलपरासीको गुठीसूर्यपुरास्थित गण्डक पावर हाउस सञ्चालनका लागि लगिएको उक्त नहर…