महाकाली राजमार्ग भासियो, तीन दिनदेखि यातायात अवरुद्ध « Imagekhabar – Online News Portal of Nepal


महाकाली राजमार्ग भासियो, तीन दिनदेखि यातायात अवरुद्ध


0
Shares

गोकुलेश्वर–दार्चुला सडकखण्डअन्तर्गत ठुलसैनमा माथिबाट पहिरो खसेर सडक भाँसिदा यातायात अबरुद्ध भएको प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए ।

अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । सडक सुचारु हुन अझै एक/दुई दिन लाग्ने प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुलालगायत स्थानमा जाने सवारी साधन अलपत्र परेका छन् ।