बाढीका कारण महोत्तरीमा शिक्षण संस्था बन्द, कपिलवस्तुको कृष्णनगर डुबानमा « Imagekhabar – Online News Portal of Nepal


बाढीका कारण महोत्तरीमा शिक्षण संस्था बन्द, कपिलवस्तुको कृष्णनगर डुबानमा


0
Shares

सदरमुकाम जलेश्वरसहित अधिकांश क्षेत्रमा आएको बाढीले सयौं वस्ती डुवानमा परेका हुन् ।

जिल्ला शिक्षा कार्यालयले प्रभावित क्षेत्रका शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको छ ।

बाढीले रातु, जंगहा, अंकुसी, मरहा, हर्दिसहितका नदी किनारमा रहेका बासिन्दा सुरक्षित स्थानतर्फ सर्न थालेका छन् ।

रातुमा रहेको बाँध भत्किएपछि रतवारासहित गाउँमा बाढी पसेको छ । पूर्वपश्चिम राजमार्गको रातु र जंगहा पुल भासिएपछि यातायात ठप्प छ ।

जलेश्वरबाट बर्दिवास र जनकपुर सडकखण्ड समेत बन्द भएको छ । जलेश्वर क्षेत्रमा विद्युत् सेवासमेत अबरुद्ध भएको छ ।

यसैगरी कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मुख्य बजार क्षेत्र डुवानमा परेका छन् ।

कृष्णनगर नगरपालिकाभित्र ढल निकासको उचित व्यवस्था नभएका कारण सडकमा ४ फिटसम्म फोहर पानी जम्मा भएको छ ।

बजारका काली मन्दिर चोक, बस स्टेसन, कृषि बिकास बैंक, ईलाका प्रहरी कार्यालय आसपासका क्षेत्र डुवानमा छन् ।

सडक आसपासका घरमा फोहोर पानी पसेपछि रोग फैलनसक्ने सम्भावना रहेको भन्दै स्थानीय त्रसित बनेका छन् ।

स्थानीय तहले ढल निकासको व्यवस्था नगरेकाले समस्या भोग्नुपरेको गुनासो स्थानीयको छ ।