नारायणी नदीमा पानीको सतह क्रमशः बढ्दै गएपछि गण्डकका केही बाँध फुट्ने सम्भावना बढेकाले दुईवटा ढोका पूर्णरुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए ।
गण्डक बाँधका कारण बिहानदेखि पर्सा जिल्लामा बाढी पसेपछि त्यहाँको प्रशासनको अनुरोधमा मुख्य पश्चिमी नहर बन्द गरिएको उनले बताए । नवलपरासीको गुठीसूर्यपुरास्थित गण्डक पावर हाउस सञ्चालनका लागि लगिएको उक्त नहर भारतहुँदै पुनः पर्सा जिल्लाको सिँचाईका लागि पुर्याइएको छ ।
पर्सामा ल्याइएको नहरमा निर्माण गरिएको कल्भर्ट पानीको वहाबले फुटेपछि अहिले वीरगन्ज महानगरपालिकामामा बाढी पसेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए ।
महानगरपालिकामा बाढी पसेपछि नवलपरासीमा रहेको गण्डक बाँधका ढोका बन्द गर्न अनुरोध गरिएको घिमिरेले जानकारी दिए । भारतीय मुख्य पश्चिमी नहरसँगै नवलपरासीको सिँचाइका लगिएको पूर्वी नहरको बाँधसमेत जोखिममा परेको छ । सोही कारण त्यहाँको ढोकासमेत बन्द गरिएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्