मृत्यु हुनेमा १५ वर्षिय रोसन हरिजन रहेका छन् । घरले किचिएर हरिजनका बाबु फागु हरिजन र आमा शिला हरिजन घाइते भएका छन् । उनीहरुको भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । लगातारको बर्षाका कारण रुपन्देहीका केही क्षेत्र डुबानमा परेका छन् । मर्चवार, लुम्बिनी, धकधई, भैरहवा, तिलोत्तमा नगरपालिकाका केही क्षेत्र डुबानमा परेका हुन् ।