Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्ड पुनः अवरुद्ध


0
Shares

दाउन्नदेखि २ किलोमिटर पूर्व चितवनतर्फ पहिरो खसेपछि राजमार्ग पुनः अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

यस्तै दाउन्ने सडकखण्डको बीचमा समेत मालवाहक ट्रक फसेकाले झनै समस्या भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए ।

शुक्रबार रातिदेखि अबरुद्ध दाउन्ने सडकखण्ड आइतबार दिउँसो १ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आए पनि राति ९ बजेबाट पुनः अबरुद्ध बनेको हो ।

जसका कारण यस राजमार्ग भएर यात्रा गर्ने हजारौं यात्रुको बिचल्ली भएको छ ।