धरानदेखि ७ किलोमिटर उत्तरमा रहेको निसाने खोलाछेउमा पहिरोले सडक बगाएपछि सो सडक अवरुद्ध छ । तीन दिनदेखि ढुवानीका दर्जनौं साधन जंगलमा अलपत्र परेका छन् । ड्राइभर्सन बनाएर सवारी–साधनको आवागमन खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । धनकुटा शुक्रबारदेखि अन्धकार छ । अविरल वर्षापछि सुनसरीको दुहबी ग्रीड भवनमा पानी पसेकाले विद्युत् सुचारु हुन अझै केही दिन…