
शनिबार बिहान र शुक्रबार राति सातजनाको डुबेर र बगाएर मृत्यु भएको थियो भने सोमबार बिहान थप दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भोक्रहा गाउँपालिकाका ढोढिया मण्डल र साझोदेवी ऋषिदेव रहेको सुनसरी प्रहरीले जनाएको छ ।
दुईजनाको मृत्यु भएकोमात्र जानकारी आएको र पहिचान नखुलेको प्रहरीको भनाइ छ । जिल्लाका विभिन्न स्थानमा गरी सात हजार बढी स्थानीय विस्थापित भएका छन् ।
बाढीबाट झोक्राहा गाउँपालिका–५ नरसिंह टपरा पूर्णडुबानमा परेको छ । हरिनगरा गाउँपालिका–१, २ रामनगरभुटाहा–३ र ४ गौतमपुर र हरिनगरा क्षेत्रमासमेत सयौं घर डुबानमा परेका छन् ।
उता, हरिनगरा–५ वसन्तपुरमासमेत गाउँभरि तीनदेखि सात फिटसम्म पानी जमेकाले दुई दिनदेखि स्थानीयवासी भोकभोकै बसेको नेकपा माओवादी केन्द्रका नेता मोहन यादवले जानकारी दिए ।
वसन्तपुर र नरसिंह सीमा क्षेत्रमा ६०० घर पूर्णडुबानमा परेका छन् । धेरै स्थानीयवासी उद्धारको प्रतीक्षामा छन् । बाढीमा फसेका र जोखिममा परेकाकालाई सचेत भएर सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।
त्यसैगरी, कोसी गाउँपालिका–१, २, ३ र ५ नम्बर वडासमेत पूर्णडुबानमा परेका छन् ।
यता, सुनसरीका देवानगन्ज, गढी र बर्जु गाउँपालिककोसमेत धेरै वडा पूर्णडुबानमा परेको स्थानीयवासीले जनाएका छन् ।
यहाँका तीन हजार पाँच सय स्थानीयवासी डुबानमा परेका छन् । स्थानीयवासी अर्जुन मेहताकाअनुसार कप्तानगन्ज, साहेवगन्ज क्षेत्र पूर्णरुपमा डुबानमा परेका छन् । विद्युत् सेवा तीन दिनदेखि अवरुद्ध रहेको छ ।
अविरल वर्षा र खोलानालामा आएको बाढीका कारण पूर्व–पश्चिम राजमार्ग अधिकांश स्थानमा जलमग्न भइ यातायात अवरुद्ध भएको छ । नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना पूर्णरुपमा डुबानमा परेको छ ।
बाढीका कारण सदरमुकाम इनरुवामा रहेका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला पशुसेवा कार्यालयलगायतका सरकारी कार्यालय डुबानमा परेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्