२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेपालमा पाकिस्तानले मनायो ७० औं स्वतन्त्रता दिवस


0
Shares

स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासलेसमेत आज काठमाडौंमा एक कार्यक्रम गरेको छ ।

दूतावासभित्रै गरिएको कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मजार जाभेदले पाकिस्तानी राष्ट्रिय झण्डाको झन्डोत्तलन गरे ।

कार्यक्रममा पाकिस्तानी राष्ट्रपति मम्मुन हुसैन र प्रधानमन्त्री साहिद खकान अब्बासीको शुभकामना सन्देश सुनाइएको थियो ।

सन्देशमा राष्ट्रपति हुसैनले पाकिस्तानमा शान्ति सुव्यवस्था र अर्थ व्यवस्था सुदृढ हुँदै गएको भन्दै यसले मुलुकमा राजनीतिक परिपक्वतालाई प्रमाणित गरेको उल्लेख गरेका छन् ।

कार्यक्रममा दूतावासका कर्मचारीका साथै काठमाडौंमा रहेका पाकिस्तानी नागरिकको उपस्थिति थियो ।