Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


विपत्तिको अवस्थामा सत्यतथ्य सूचना सम्प्रेषण गर्न आग्रह


0
Shares

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा वर्तमान परिस्थितिलाई ध्यानमा राखी बाढी पहिरोबाट भएको जनधन र भौतिक संरचनाको क्षतिका बारेमा सत्यतथ्य एवं विश्वसनीय सूचना प्रवाह गर्न पनि सबै सञ्चार माध्यमलाई आग्रह गरिएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा विपद्का बारेमा स्थलगतरुपमा समाचार एवं विवरण संकलन तथा सम्प्रेषण गर्दा जिल्लास्थित विपद् व्यवस्थापन समिति, क्षेत्रीय प्रशासन, सुरक्षा समितिसँग समन्वय गरी प्रकाशन गर्न पनि अनुरोध गरिएको छ ।

सूचना संकलनका लागि स्थलगतरुपमा खटिएका सञ्चारकर्मीलाई सूचना उपलब्ध गराउन र आवश्यक सहयोग पुर्‍याउन पनि मन्त्रालयले जिल्लास्थित सबै सरकारी कार्यालयलाई विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

विज्ञप्तिमा बाढी पहिरोबाट भएको क्षतिको मर्मत हुन लाग्ने समय, मर्मत हुन नसक्ने अवस्था, वैकल्पिक व्यवस्था र बाढी पहिरोले क्षति भएको स्थानमा तत्कालै निजी वा सार्वजनिक संरचना निर्माण गर्न हुने वा नहुने बारेमा समाचार सम्प्रेषण गर्न रेडियो, एफएम र टेलिभिजनलगायत सञ्चार माध्यमलाई आग्रहसमेत गरिएको छ ।

विपद्का समयमा सूचना तथा जानकारी एवं विपद्का बारेमा सतर्कता दिने गरी नेपाल टेलिकम तथा दूरसञ्चार प्रदायकले शुरु गरेको एसएमएस सेवाप्रति विज्ञप्तिमार्फत धन्यवाद दिइएको छ । (रासस)