
विशेष गरी बाढीबाट प्रभावित पूर्वी तराईका जिल्लामा गएरातिबाट कम मात्र वर्षा भएपछि जनजीवन सामान्य बन्न थालेको हो ।
झापा, मोरङ, सुनसरीलगायत जिल्लामा पानी पर्ने क्रम कम भएको छ । त्यहाँ जम्मा भएको पानीसमेत विस्तारै घट्दै गएको हाम्रा जिल्ला संवाददाताहरुले जनाएका छन् ।
त्यसैगरी मकवानपुर, सिन्धुली, बारा, पर्सा, रौतहट, सप्तरी, सिरहा, सर्लाहीलगायतका जिल्लामा पनि गएरातिदेखि वर्षा कम भएको छ ।
दुई दिनदेखि बन्द यातायात विस्तारै सुचारु हुन थालेका छन् भने मुख्य राजमार्गहरु पनि खुल्न थालेका छन् । कतिपय राजमार्गमा भने पहिरो गएकाले यातायात सञ्चालन हुन सकेका छैनन् ।
अधिकांश भित्रि सडक भने ठप्प नै छन् । बाढी प्रभावित जिल्लामा खानेपानी, विद्युत्, इन्टरनेट र टेलिफोनको समस्या भने समाधान भएको छैन ।
विभिन्न संघसंस्थाले बाढीपीडितहरुको विवरण र राहत संकलन गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्