Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति पूर्वराजाबाट दुःख व्यक्त


0
Shares

केही दिनदेखिको अविरल वर्षाले देशको तराई लगायत विभिन्न भूभागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति पुर्‍याएकोमा पूर्वराजाले गम्भीर चिन्ता एवं दुःख व्यक्त गरेको उनका सहयोगी डा. फणि पाठकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले विपत्तीको यस घडीमा उत्त क्षेत्रका जनतालाई राहत एव उद्धार उपलब्ध गराउँदै प्रकोप नियन्त्रणका लागि सम्वन्धित पक्षले तदारुकता देखाउने विश्वास पनि व्यक्त गरेका छन् ।

उनले यस दुःखद घडीमा धैर्य र साहसको साथ विपत्ती सामना गर्ने सपmलताका लागी ईश्वरसँग प्रार्थना गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।