जिल्लाका ग्रामीण बस्ती यतिबेला छठमय बनेका छन् । जलाशयहरुमा छठीमाताको पूजा गर्न घाट अर्थात् पूजा गर्ने स्थान निर्माण गरिएको छ । जिल्ला सदरमुकाम मलंगवासहित हरिपूर्वा, चन्द्रनगर, बबरगन्ज, हरिपुर, गोडैता, धनकौललगायत मधेसी समुदायको बसोबास रहेका अधिकांश बस्तीमा छठ मनाउन सुरु गरिएको छ । जिल्लाका मलंगवा, बयलवास, बरहथवाजस्ता बजारमा छठका सामान किन्नेको भीड छ । सीमावर्ती गाउँका…