
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै वैदेशिक रोजगारको प्रलोभनमा पारी भारत पुर्याइएका सिन्धुपञ्लाचोकका युवतीको माइती नेपाल कन्चनपुरले सीमावर्ती बजार वनवासामा रहेको मानव बेचबिखनविरुद्धको इकाइको सहयोगमा उद्धार गरिएको हो ।
रुद्रपुर प्रहरीले शंका लागेर सोधपुछ गर्दा अवैधरूपमा दिल्लीबाट तेस्रो मुलुक पठाउन लागिएको भेटिएपछि मानव बेचबिखनविरुद्धको इकाइ र माइती नेपाललाई खबर गरेका थिए ।
युवतीका साथबाट भारतीय प्रहरीले राहदानी र अन्य वैदेशिक रोजगारसम्बन्धी कागजपत्रसमेत फेला पारेको छ ।
उद्धार गरिएका युवतीको उमेर २० देखि २५ वर्ष रहेको माइती नेपाल कन्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन् । उद्धार गरिएका युवतीहरुलाई रुद्रपुरमै राखिएको छ ।
यसैबीच, मानव तस्करीमा संलग्न तीनजनाविरुद्ध भारतको रुद्रपुरस्थित अदालतमा मानवबेचबिखन विरुद्धको मुद्दा दर्ता गरिएको संयोजक भट्टले बताए । उनका अनुसार सिन्धुली टाँडीकी नानीमाया माझी, पर्साका विष्णु लोप्चन र सिन्धुपाल्चोकका सोमबहादुर गोलेविरुद्ध रुद्रपुरमा मुद्दा दर्ता गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्