तनहुँमा धमाधम म्यादी प्रहरी छनोट, जिल्लामै एक हजारभन्दा बढी भर्ना गरिने • Image Khabar Image Khabar


तनहुँमा धमाधम म्यादी प्रहरी छनोट, जिल्लामै एक हजारभन्दा बढी भर्ना गरिने


Imagekhabar
७ कार्तिक २०७४, मंगलवार ०८:५४

तनहुँमा धमाधम म्यादी प्रहरी छनोट, जिल्लामै एक हजारभन्दा बढी भर्ना गरिने

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको लागि निर्वाचन सुरक्षामा सहयोगीको भूमिकाको लागि लक्षित गरेर म्यादी प्रहरीको छनोट कार्य सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार तनहुँमा कुल १ हजार ८४ म्यादी प्रहरी आवश्यक छ ।

त्यसै अनुपातमा म्यादी प्रहरी छनोट हुने बताइएको छ । म्यादी प्रहरी छनोटअन्तर्गत आवेदकको शारीरिक र स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

कात्तिक १० गतेसम्ममा म्यादी प्रहरीको छनोट कार्य सक्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । तनहुँमा कुल १ हजार ८४ जना म्यादी प्रहरी आवश्यक परे पनि २ हजार ७ सय जनाको आवेदन परेको छ ।

प्रतिक्रिया दिनुहोस्