१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चितवनमा व्यवसायीको गाडीमा आगजनी


0
Shares

सोमबार राति एक्कासि गाडीमा आगजनी भएको पाइएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

भरतपुर महानगरपालिका–१२ का बासिन्दा जग्गा व्यवसायी मनोज श्रेष्ठको बा१८च ५४९ नम्बरको गाडीमा आगजनी भएको हो । आगोले गाडीको अधिकांश भाग जलेको छ ।

घटना कसले गराएको हो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।

गाडीको ट्यांकीबाट आगो सल्किएको पाइएको उनको भनाइ छ । रिक्सा चालकले आगो लागेको देखेपछि घटना थाहा भएको हो । रासस