विद्यालय भवन निर्माणमा श्रमदान गर्दै विदेशी टोली • Image Khabar Image Khabar


विद्यालय भवन निर्माणमा श्रमदान गर्दै विदेशी टोली


Imagekhabar
७ कार्तिक २०७४, मंगलवार ०८:१२

विद्यालय भवन निर्माणमा श्रमदान गर्दै विदेशी टोली

विल्डवन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने तीन कोठे विद्यालय भवन निर्माणका लागि केयर संस्थामा आबद्ध २२ विदेशी युवा–युवतीको टोली श्रमदानमा जुटेको हो ।

भवन निर्माणका लागि जग खन्ने, ढुंगा बोक्ने, बालुवा ओसार्ने र सिमेन्टको गाह्रो लगाउने कार्यमा विदेशी टोलीका युवाले श्रमदान गरिरहेको विद्यालयका शिक्षक तेजबहादुर सुनारले बताए । टोलीले एक सातासम्म विद्यालय निर्माणका लागि श्रमदान गर्ने उनले बताए ।

टोलीमा संलग्न जोई डोग्लेले स्थानीयसँगको समन्वयमा कार्य गर्न निकै राम्रो लागेको बताए ।

दुर्गम गाउँमा आएर कार्य गर्न पाउँदा निकै खुसी भएको उनले बताए । विल्डवन नेपालका प्राविधिक टंक भुसालका अनुसार रू २५ लाखको लागतमा निर्माण गरिने भूकम्प प्रतिरोधी विद्यालय भवनमा तीन कोठा र दुई वटा शौचालय निर्माण गरिने छन् । विद्यालय निर्माणका लागि स्थानीय समुदायका तर्फबाट ढुंगा, बालुवा, गिट्टी, काठको जोहोसँगै श्रमदान गर्नु पर्ने र संस्थाले सिमेन्ट, फलामे छड र भवन निर्माण गर्ने दक्ष कामदार र प्राविधिक सहयोगको व्यवस्था गर्नेछ ।

नगर प्रमुख दिलबहादुर ऐर र दुवई केयर संस्थाका प्रमुख अब्दुल्लाहले सो विद्यालय भवनको संयुक्तरूपमा शिलान्यास गरेका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस्