प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । म्यादी प्रहरी चौधरी दाङको तुलसीपुरमा सुरक्षामा खटिएका बेला मंगलबार विस्फोटमा घाइते भएको र उपचारकाक्रममा उनको बुधबार मृत्यु भएको हो । बैठकले निर्वाचन र शान्ति–सुरक्षामा असर पार्न भएका बम विस्फोट तथा आपराधिक गतिविधिलाई निस्तेज…