Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


एम्बुस विस्फोटका घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइयो


0
Shares

उदयपुरगढी गाउँपालिका–६ स्थित दनुवारबेंसीमा आज बिहान ८ बजे बम विस्फोट भएको थियो ।

प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीका अनुसार बा१५च ७८०६ नंको बलेरो जीपमा सवार कार्कीसहित सात जना नेपालटारबाट कटारीतर्फ जाँदै गर्दा अज्ञात समूहले राखेको एम्बुसमा परेका थिए ।

उम्मेदवार कार्कीसँगै घाइते हुनेमा उदयसी बहुमुखी क्याम्पस कटारीका स्ववियु सभापति कटुवाल, गाडीचालक कटारीका ३५ वर्षीय राजन कार्की, धामाया कार्की र प्रहरी जवान कालीदास श्रेष्ठ छन् ।

गाडीमा सवार सातमध्ये तीन जनाको अवस्था गम्भीर भएको र एक जना सकुशल रहेको प्रहरीले बताएको छ ।

उम्मेदवार कार्कीको टाउको र खुट्टामा चोट लागेको छ । घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर अपराधीको जंगल क्षेत्रमा खोजी गरिएको प्रहरीले बताएको छ ।
रासस