काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको बस चितवनको इच्छा कामना गाउँपालिका–४ स्थित फिस्लिङबाट त्रिशुली नदीमा खसेर दुर्घटना भएको छ ।
विपरित दिशाबाट आएको ना ६ ख ४९७२ नम्बरको ट्रकसँग ठक्कर खाएर बस नदीमा खसेको हो । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन ।

बस पूर्णरुपमा त्रिशूलीमा डुबेको छ । दुर्घटनाग्रस्त बसबाट २० जना घाइतेको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ । उनीहरुलाई चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ ।
बसमा कति यात्रु थिए भन्ने अझै खुलेको छैन । काठमाडौंबाट २६ जनाको चलानी लिएर गएको बसमा बीच बाटोमा कति यात्रु चढे भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासिन्दा उद्दारमा जुटेका छन् ।












प्रतिक्रिया दिनुहोस्