२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बम विस्फोटमा कांग्रेस उम्मेदवारसहित सातजना घाइते, घाइतेलाई काठमाडौं ल्याइयो (भिडियो)


0
Shares

सडकमुनि थापिएको बम विस्फोट हुँदा उम्मेदवार कार्कीसहित सातजना घाइते भएका छन् ।

उम्मेदवार कार्की र उनका सहयोगी मीरा कटुवाल, प्रहरीजवान कालिदास श्रेष्ठ, चालक राजन कार्की, सहयोगी गणेश पुरी र ७२ वर्षीया वृद्धा धनमाया सार्कीलगायत घाइते भएका हुन् ।

उनीहरु सबैलाई हेलिकोप्टरमार्फत् काठमाडौं ल्याएर उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ ।

उम्मेदवार कार्कीको अवस्था खतरामुक्त रहेको छ । तर, सहयोगी मीरा कटुवाल, चालक राजन कार्की र वृद्धा धनमाया सार्कीको अवस्था भने गम्भीर रहेको जनाइएको छ ।

त्रिवि शिक्षण अस्पतालमा हामीसँग कुरा गर्दै उम्मेदवार कार्कीका छोरा निरज कार्कीले यस घटनाले नेपालमा प्रजातन्त्र नै नआएको अनुभूति गराएको बताए ।

चुनाव प्रचारकाक्रममा कटारीबाट नेपालटारबजारमा आयोजित चुनावीसभामा जाँदै गर्दा दनुवारबेसीमा गाडी एम्बुसमा परेको हो ।

विस्फोटमा परेको गाडी १० मिटरमाथि उफ्रिएको प्रत्यक्षदर्शीले जनाएका छन् । एम्बुस कसले थापेको हो भन्ने खुलेको छैन ।

भिडियो हेर्नुहोस्