सामुदायिक विद्यालयका शिक्षकले पनि आफ्ना छोराछोरीलाई चाहिं निजी तथा संस्थागत विद्यालयमा पढाउने गुनासो आइरहेका बेला तनहुँको सत्यवती माध्यमिक विद्यालय भने प्रेरणाको स्रोत बनेको हो । यो विद्यालयका शिक्षकहरुले आफ्ना छोराछोरीलाई आफूले पढाउने बिद्यालयमा नै पढाउँदै आएका छन् । सहायक जिल्ला शिक्षा अधिकारी केदारराज आचार्यले शिक्षकहरुले आफ्नो बालबालिका सामुदायिक विद्यालयमा पढाएर शैक्षिक क्षेत्रमै उल्लेखनीय काम गरेको…