शिक्षकहरुकै कारण उदाहरणीय र नमूना बन्यो विद्यालय, यस्तो छ कारण (भिडियो) • Image Khabar Image Khabar


शिक्षकहरुकै कारण उदाहरणीय र नमूना बन्यो विद्यालय, यस्तो छ कारण (भिडियो)


Imagekhabar
२९ पुष २०७४, शनिबार १३:४४

शिक्षकहरुकै कारण उदाहरणीय र नमूना बन्यो विद्यालय, यस्तो छ कारण (भिडियो)

सामुदायिक विद्यालयका शिक्षकले पनि आफ्ना छोराछोरीलाई चाहिं निजी तथा संस्थागत विद्यालयमा पढाउने गुनासो आइरहेका बेला तनहुँको सत्यवती माध्यमिक विद्यालय भने प्रेरणाको स्रोत बनेको हो ।

यो विद्यालयका शिक्षकहरुले आफ्ना छोराछोरीलाई आफूले पढाउने बिद्यालयमा नै पढाउँदै आएका छन् ।

सहायक जिल्ला शिक्षा अधिकारी केदारराज आचार्यले शिक्षकहरुले आफ्नो बालबालिका सामुदायिक विद्यालयमा पढाएर शैक्षिक क्षेत्रमै उल्लेखनीय काम गरेको बताए ।

आफैंले अध्यापन गरेको विषयवस्तुमा विश्वास नगरेर अन्यत्र भौंतारिने शिक्षकलाई सत्यवती माध्यमिक बिद्यालय उदाहरण बनेको छ ।

नेपालकै नमूना सामुदायिक विद्यालयको रुपमा रहेको यो विद्यालयमा यहाँका शिक्षकका छोराछोरी मात्र नभएर सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक÷शिक्षिकाका छोराछोरी अध्ययन गर्ने गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले विद्यालयको शैक्षिक अवस्था सुधार भएकाले सबैको रोजाइको केन्द्र बन्दै गएको बताए ।

यो विद्यालयमा अध्ययन गर्नेहरु पनि विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएकाले आफूहरु सन्तुष्ट भएको बताउँछन् ।

यो विद्यालयमा शिक्षक कर्मचारी गरी ८८ जना कार्यरत छन् । अहिले १ सय ८५ जना विद्यार्थी त्यहीँ पढाउने शिक्षकका छोरा छोरी मात्रै छन् ।

विद्यालयमा विद्यार्थीको आकर्षण बन्नुको कारण पनि शैक्षिक गुणस्तर भएको अभिभावकहरुको भनाइ छ ।

हाल यो विद्यालयमा २ हजार ५ सय ८८ विद्यार्थी अध्ययरत छन् । यो विद्यालय एसइइ परीक्षामा सामुदायिक विद्यालयतर्फ जिल्लामै उत्कृष्ट हुँदै आएको छ ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्