यो कुण्डमा नुहाउन दैनिक दुई सय जनाभन्दा बढी मानिस पुग्ने गरेका छन् । सदरमुकाम बेसीसहरबाट २० किलोमिटर उत्तरमा मर्स्याङ्दी नदीको किनारमा रहेको यो कुण्डमा विशेषगरी छालासम्बन्धी र बाथका रोगीहरु टाढा–टाढादेखि नुहाउन आउने गरेका छन् । यहाँको पानी नुनिलो र निकै तातो भएकाले नुहाउँदा बाथ, हाडजोर्नी तथा छालासम्बन्धी रोग निको हुने बताइन्छ । बाहुनडाँडाको फेदीमा रहेको…